PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

काठमाडौँ ल्याउन तयारीप्रति डा. केसीको जवाफः ‘म चन्दननाथ बाबाको काखमा छु, गुन्डागर्दी नगरियोस्’ 



पहिलोपोस्ट

काठमाडौँ ल्याउन तयारीप्रति डा. केसीको जवाफः ‘म चन्दननाथ बाबाको काखमा छु, गुन्डागर्दी नगरियोस्’ 

काठमाडौँः जुम्लामा अनशनरत डा. गोविन्द केसीले सरकारी टोलीसँग काठमाडौँ आउन अस्वीकार गरेका छन्। सरकारले थप उपचारका लागि भन्दै केसीलाई काठमाडौँ ल्याउन टोली पठाएको छ। टोली जुम्ला पुगे पनि केसीका समर्थकहरुले अवरोध गरिरहेका छन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै काठमाडौँ ल्याउन लागिएको हो।
प्रतिष्ठानमा स्थानीय विद्यार्थी र केसीका समर्थकको उपस्थिति रहेको छ।
 
सरकारले टोली पठाए पनि केसीले भने आफ्नो उपचार राम्रोसँग भइरहेकाले सरकारले अपहरण गर्न खोजेको आरोप लगाएका छन्। उनले अडियो सन्देशमार्फत् काठमाडौँ नजाने पनि बताएका छन्। 

उनले भनेका छन् ‘राज्यले यहाँबाट अपहरण गरेर काठमाडौँ लैजाँदै छ। हाम्रो अभियान तुहाउँन खोज्दै छ। सरकार मेरो स्वास्थ्यमा चिन्तित छ भने मरो माग पूरा गर म अनशन तोड्छु। यो मेरो पवित्रस्थान हो। जबसम्म माग पूरा हुँदैन म यही जुम्लामा बसेर सत्याग्रह जारी राख्छु। मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन र गुन्डागर्दी चल्दैन।'

उनले आफू चन्दननाथ बाबाको काखमा भएकाले आफूलाई अपहरण नगर्न पनि भनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell