PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नेपथ्यको 'गाउँ गाउँबाट उठ' सार्वजनिक



पहिलोपोस्ट

नेपथ्यको 'गाउँ गाउँबाट उठ' सार्वजनिक

काठमाण्डौं : श्याम तमोटले लेखेको गीत 'गाउँ गाउँबाट उठ' नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ। राजनीतिक आन्दोलन र सामाजिक जागरणका सांगीतिक शस्त्र बन्दै आएको गीतलाई नेपथ्यले 'संकल्प गीत’ का रुपमा कन्सर्टहरुमा सुनाउँदै आएको छ।

रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी सांगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन्। यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो। २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेका थिए।

पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ। ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट यो गीत सार्वजनिक गरेको छ। नेपथ्यको दसौं अल्बममा यो गीत समेटिएर आउने तयारीमा छ। 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell