काठमाडौं : युवा क्रिकेट स्टार सन्दीप लामिछानेले विपक्षीको विकेट झार्दै मैदानमा तहल्का मच्चाएको सबैलाई थाहा छ। राष्ट्रिय टिमदेखि लिएर आइपीएल, ग्लोबल टी-२० लिग क्यानडामा समेत उनले आफ्नो प्रतिभा देखाइसकेका छन्।
सन्दीप स्टार क्रिकेटर मात्र होइनन् अब उनको नाममा अर्को परिचय समेत थपिएको छ। सन्दीप गायक समेत बनेका छन्। उनले राम्रो गीत गाउनेछन् भन्ने कुरा आफैले प्रमाणित गिरसकेका छन्।
सन्दीपले गाएको पहिलो गीत उदास थियो मेरो मन.... को बुधवार म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा जीवन भट्टराई र सृष्टी खड्काले अभिनय गरेका छन्। प्रतिक्षा नामक एल्बलम रहेको सन्दीपको यो पहिलो गीत हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा व्यस्त रहेपनि सन्दीपले फुर्सको समय मिलाएर गीत कम्पोज गर्ने र गाउने काम गरेका हुन्।
विनोद तिमल्सिनाको शब्द रहेको गीतमा संगीत संयोजन सनुस सुनुवारको छ। अनिल धितालले संगीतको रचना गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई विकास ढकालले सम्पादन तथा निशान घिमिरेले निर्देन गरेका छन्।
सन्दीप सहितको नेपाल राष्ट्रिय टोली लर्ड्स र नेदरल्याण्डेस टुरका लागि आजै लण्डन प्रस्थान गरेको छ। नेपालले यही टुरमा आफनो पहिलो ओडिआई सिरिज नेदरल्याण्ड्ससँग खेल्नेछ।
