PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डाक्टर केसीलाई प्रम ओलीको प्रश्न : आफ्नो खुशीले अनशनमा बसेको कि पराधिन भएर?



पहिलोपोस्ट

डाक्टर केसीलाई प्रम ओलीको प्रश्न : आफ्नो खुशीले अनशनमा बसेको कि पराधिन भएर?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनमाथि प्रश्न उठाउँदै सोधेका छन् – 'आफ्नो खुशीले अनशनमा बसिरहनु भएको छ कि उहाँ पराधिन हुनुहुन्छ?' 

आज पोखरा विश्वविद्यालयको १९ औं सिनेटलाई सम्बोधन गर्दै ओलीले केसीको अनशनमाथि प्रश्न गरेका हुन्। ‘सरकारले उनको जाँचका लागि पठाएको डाक्टरहरुलाई उहाँले छेउ पर्न दिनु भएको छैन,’ ओलीले भने, ‘राजनीतिका लागि उहाँको जीवनसँग खेलभाड गर्नुहुँदैन।’

केसीको अनशनमा आफ्नो रोटी सेक्न खोजेको आरोप लगाउँदै ओलीले थप प्रश्न गरे, ‘अहिलेको आन्दोलनको स्थिति के कारणले उत्पन्न भयो?’

उनले आन्दोलन नै सोख हो भने कसैको केही नलाग्ने बताए। ‘मन नपरेको पार्टीले जित्यो होला, मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला, त म नेकपाको मात्र होइन,’ प्रम ओलीले भने, ‘सबैको प्रधानमन्त्री हुँ। देशको प्रधानमन्त्री हुँ।’

सम्बन्धित समाचार:

कर्णालीका प्रहरी प्रमुखले भने : गोली लागेका जवानको मृत्यु भएको छैन

केसी काठमाडौं आउन तयार तर सरकारी खर्चको हेलिकप्टर नचढ्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell