काठमाडौं : साउन ११ प्रदर्शन हुने फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले यूट्युब मार्फत 'तिम्रै लागि हो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। भिडियोमा फिल्मका मुख्य अभिनेता विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फचर्ड छन्।
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा गौरवको स्वरको स्वर रहेको छ। भिडियोको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्। नरेश कुमार केसी निर्देशित फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन्।