
अमेरिकन फुटबल नेशनल फुट लिग (एनएफएल) खेल्ने क्लब डल्लास काउब्वाइज विश्वकै मोस्ट भ्यालुएबल स्पवर्६स टिम बनेको छ। फोर्ब्सले सार्वजनिक गरेको टप ५० मोस्ट भ्यालुएबल टिमको सूचीमा चर्चित फुटबल क्लबहरु म्यानचेष्टु युनाइटेड, बार्सिलोना र रियल मड्रिडलाई पछि पार्दै डल्लास शीर्ष स्थानमा छ।
डल्लास काउब्वाइजको भ्यालु ३.६७ बिलियन पाउण्ड (४.८ बिलियन अमेरिकी डलर) रहेको छ। दोस्रो स्थानमा रहेको प्रिमियर लिग क्लब युनाइटेडको भ्यालु ३.१६ बिलियन (४.१२३ बिलियन अमेरिकी डलर) छ। तेस्रो र चौथो स्थानमा ला लिगा क्लबहरु रियल मड्रिड र बार्सिलोना छन्। रियलको भ्यालु ३.१४ (४.०९ बिलियन अमेरिकी डलर) तथा बार्सिलोनाको भ्यालु ३.११ बिलियन पाउण्ड (४.००६४ बिलियन अमेरिकी डलर) छ।
सूचीको पाँचौ स्थानमा मेजर लिग बेसबल एमबीएलका न्यूयोर्क याङकिज छ भने छैटौँमा एनएफएलको न्यू इंग्ल्याण्ड प्याट्रिओट्स छ। सातौँ र आठौँमा क्रमश: एनबिएका न्यूयोर्क निक्स र लस एन्जलस लेकर्स छ। एनएफएल टिम न्यूयोर्क जायन्स नवौँ स्थानमा रहँदा एनबिएकै गोल्डेन स्टेट वारियर्स दशौँ स्थानमा छ।
फोर्ब्सको सूचीमा सबैभन्दा धेरै २९ एनएफएल टिम छन्। यस्तै ८ एनबिएल टिम तथा ६ मेजर लिग बेसबलका फ्रेन्चाइज छन्।