PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एसियन गेम्स अघि नेपाली फुटबल टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने



पहिलोपोस्ट

एसियन गेम्स अघि नेपाली फुटबल टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ : इन्डोनेसियामा आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत फुटबल खेलको तयारीका लागि नेपाली फुटबल टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता किरण राईले थाइ टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पहिलोपोस्टलाई जानकारी दिए।

'अगस्ट १ देखि ४ भित्रमा हामीले दुई मैत्रीपूर्ण खेल खेल्ने छौँ।' राईले भने। तर थाइल्याण्डको कस्तो टोलीसँग खेल्ने भने निर्णय भइसकेको छैन। यसबारे राईले भने, 'एसियन गेम्समा फुटबलको लागि फेरी ड्र गरिने भएको छ। त्यसैले थाइल्याण्ड एउटै समूहमा नपरेमा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल हुनेछ। एउटै समूहमा परेमा भने त्यहाँको क्लबसँग खेल हुनेछ।'

एसियन गेम्स अन्तर्गत हुने फुटबलका लागि यसअघि नै ड्र भइसकेको थियो। उक्त ड्र अनुसार नेपाल समूह डी मा जापान, पाकिस्तान र भियतनामसँग परेको थियो। तर सिरिया, प्यालेस्टाइन लगायत देशले पनि सहभागिता जनाउने भएपछि पुरानो ड्र रद्ध गर्दै पुन: फुटबलको लागि ड्र गरिने भएको हो।

यू-२३ अर्थात ओलम्पिक टिमले खेलिने एसियन गेम्सका लागि नेपाली फुटबल टोली अहिले बन्द प्रशिक्षणमा छ। एसियन गेम्सको लागि २० सदस्यीय नेपाली टोली समेत घोषणा भइसकेको छ। जसमा २३ वर्षमाथिका किरण चेमजोङ, रोहित चन्द र भरत खवास छन् भने बाँकी खेलाडी २३ वर्षमुनीका छन्।

एसियन गेम्स अन्तर्गत फुटबल प्रतियोगिता अगस्ट १४ देखि सेप्टेम्वर १ सम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell