PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

भारतमा पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग



पहिलोपोस्ट

भारतमा पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग

नयाँदिल्लीः भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ।

प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खर्बौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो।

उनलाई लगाइएको आरोपप्रति काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ। विषय अदालत समक्ष पुगेकाले यसको अब त्यतैबाट निरुपण हुने सरकारी अधिकारीहरुले जनाएका छन्।

अदालतको विषय भइसकेकाले यस बारेमा अझ धेरै बोल्न र टिकाटिप्पणी गर्न नहुने उनीहरुको भनाइ छ। काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा चिदम्बरम दुई पटक अर्थमन्त्री बनेका थिए। भने एक पटक गृहमन्त्री बनेका थिए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell