काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र भएको झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहे पनि त्यहाँ उपचार हुन नसकेपछि उनलाई शुक्रवार बिहान काठमाडौँ ल्याइएको हो। अहिले उनलाई टिचिङ अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
आज दिउँसो अपरेसन हुने तयारी रहेको टिचिङ अस्पतालले जनाएको छ। घाइते जवानको छातीमा चोट लागेको छ। प्रहरीले उनको छातीमा सिसाको टुक्रा भएको दावी गर्दै आएको छ।
घाइते जवान उपाध्यायलाई बिहीबार राति उनलाई हेलिकप्टरमार्फत नेपालगन्ज ल्याइएको थियो।