PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको बिदाइ भेट



पहिलोपोस्ट

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको बिदाइ भेट

काठमाडौं : नेपालका लागि अमेरिकी राजदुत एलाइना बी टेप्लिजले शुक्रवार विहान नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्। आफ्नो कार्यकाल सकेर बिदाइ हुन लागेकी उनले जाँदाजाँदै खुमलटार पुगेर पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग भेट गरेकी हुन्। 

भेटका क्रममा राजदूत टेप्लिजले नेपालको शान्तिप्रक्रिया सँगै देश आर्थिक समृद्धिको दिशामा अगाडि बढेको भन्दै खुशी व्यक्त गरेकी थिइन्। उनले नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

भेटमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताउँदै धन्यवाद दिएका थिए। साथै उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे। 

टेप्जिल सन् २०१५ मा नेपालका लागि अमेरिकी राजदुतको रुपमा नियुक्त भएर आएकी थिइन्। अमेरिकी राष्ट्रपतिको कार्यालयले उनको स्थानमा रेण्डी डब्लु बेरीलाई नेपाल पठाउने तयारी गरिरहेको छ। टेप्लिज श्रीलंकाको लागि सिफारिस भएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell