
रसियामा २१औँ संस्करणको विश्वकप सकिसकेको छ। क्लब फुटबल सुरु हुन अझै केही समय बाँकी छ। यती खेल युरोपका ठूला क्लबहरु लिग अघि प्रि-सिजन टुरमा छन्।
इंग्लिस क्लबहरु पनि उक्त टुरमा लागि हाल अमेरिकामा छन्। युनाइटेडले प्रि-सिजन टुरको आफ्नो पहिलो खेल मेक्सिकोको क्लब, क्लब अमेरिकासँग खेल्यो। नतिजा थियो १-१ को बराबरी।
रसियामा विश्वकप खेलेका कारण पहिलो रोजाईका १० मुख्य खेलाडी हाल टुरमा समावेश छैनन्। यस्तोमा एकेडेमी र एज ग्रुपका केही खेलाडीहरुले सिनियर टिमबाट खेल्ने अवसर पाए।
तिनैमध्ये एक हुन् डच योङ स्टार तहिथ चोङ। यी १८ वर्षीय खेलाडीले दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए। ७८औँ मिनेट हुवाँ माटाले युनाइटेडका लागि बराबरी गोल पर्काउँदै उनकै सहयोग थियो। चोङले कर्नरछेउबाट क्रस गरेको बल आन्द्रे हेरेराले प्रहार गरे। उक्त बल पोष्ट लागेर फर्केपछि त्यसैमा माटाले गोल गरेका हुन्।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा क्लब अमेरिकाले पहिले गोल गर्दै अग्रता बनाएको थियो। तर माटाको गोलमा युनाइटेडले हार टार्यो।
दोस्रो हाफमा चोङले मैदानमा उत्कृष्ट प्रदर्शन गरे। उनले आफूले पाएको अवसरलाई प्रमाणित गरे।
यी योङ डचम्यान चर्चित हुनुको अर्को कारण हो कर्ली हेअर। ८० को दशकको कोलम्बियन खेलाडी कार्लो भाल्डेरामा र युनाइटेडकै वर्तमान खेलाडी माराउने फेलिनी जस्तै कर्ली छ उनको हेअर।
कर्ली हेअर हल्लाउँदै मेदानमा दौडिँदा उनलाई आकर्षक देखिन्छ।
को हुन् चोङ?
२००९ मा १० वर्षको हुँदा चोङले डच क्लब फेयेनुर्ड रोटेरडमका लागि खेल्न सुरु गरेका थिए। त्यतिखेलर उनी हटकेक युवा खेलाडी थिए। पछि इंग्लिस क्लबहरु युनाइटेड, चेल्सी र आर्सनलले उनीप्रती नजर राखेका थिए। तर २०१६ युनाइटेडले सबैलाई पछि पार्दै चोङलाई ओल्ड ट्राफोर्ड भित्र्यायो। १० महिना जती चोटका कारण मैदान बाहिर रहेपनि त्यसपछि कमब्याक गर्दै उनले यू-१८ टिमको लागि राम्रो प्रदर्शन गरे। जसले उनलाई यू-२३ टिममा स्थान बनाउन मद्दत गर्यो।
गत सिवन एफए कप अन्तर्गत हडर्शफिल्ड विरुद्धको खेलमा म्यानेजर जोस माउरिन्होले एन्जल गोमेजसहित चोङलाई पनि बेन्चमा राख्ने हिन्ट दिएका थिए। तर त्यसो भएन।
सन् १९९९ डिसेम्बर ४ मा कुराकाओ विलेमस्ट्याड जन्मेका उनले नेदरल्याण्ड्सको यू-१५, यू-१६, यू-१७ र यू-१९ टिमका लागि खेलिसकेका छन्।
युनाइटेडको सिनियर टिमबाट खेलेपछि उनलाई म्यानेजर माउरिन्होले समेत प्रशंसा गरेका छन्। यस्तै चोङले माइकल ज्याक्सनको गीत समेत गाएका थिए। लेफ्ट विङबाट खेल्ने चोङले 'ड्यानी मर्फी योङ प्लेअर अफ दी इअर अवार्ड' समेत जितिसकेका छन्।