काठमाडौं : फिल्म 'जय शम्भु'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले 'म त परें तिम्रै भर' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।
अम्रिता नेपालको शब्द, टंग बुडाथोकीको संगीत रहेको गीतमा अन्जु पन्त र टंकको स्वर रहेको छ। गीतको भिडियामा कलाकार अनुप विक्रम शाही र वर्षा सिवाकोटी फिचर्ड छन्।
भाद्र १ देखि प्रदर्शनमा आउने फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन्। अरविन्द्रमान शाक्य फिल्मका निर्माता हुन्। फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ। फिल्ममा अनुप र वर्षासँगै प्रशान्त ताम्राकार रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको अभिनय छ।