PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जुम्लाको तोडफोडमा संलग्नलाई सीसी क्यामेरामा हेरी एक - एक कारवाही गर्छौं : मुख्यमन्त्री शाही 



पी बी खड्का

जुम्लाको तोडफोडमा संलग्नलाई सीसी क्यामेरामा हेरी एक - एक कारवाही गर्छौं : मुख्यमन्त्री शाही 

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको तोडफोडमा संलग्नलाई नछोड्ने बताएका छन्।
 
डा. गोविन्द केसी अनशनरत प्रतिष्ठानमा २० औँ दिन सरकारी टोली जुम्ला पुगेको थिए। डा. केसीलाई लिन सरकारी टोली पुग्नसाथ केसीका समर्थकले नाराजुलुस गरेपछि प्रहरी प्रशासनले बल प्रयोग गर्दा झडप भएको थियो। 

सोही झडपका क्रममा अस्पतालमा भएको तोडफोड र ज्यादती गर्नेलाई कारवाही गर्ने मुख्यमन्त्री शाहीले बताएका हुन्।
 
‘अस्पतालमा सिसिक्यामेरा छ, त्यो सिसि क्यामेराको सिडि प्रहरीलाई सुरक्षितका साथ राख्न भनेका छौँ,' उनले भने,‘पछि त्यो सिसिक्यामेरामा देखिएका अभद्र व्यवहार गर्ने, तोडफोड गर्ने लाई एक–एक गरी कारवाही हुन्छ।’

अस्पतालमा विद्यार्थी, डाक्टर, कर्मचारी लगाएत त्यहाँ अराजक फैलाउने केही तत्वले त्यस्तो गरेको उनको भनाई  छ। सरकारी टोली वातावरणलाई सहज बनाउन गएको र त्यहाँ अराजक तत्वको आडमा अस्वभाविक गतिविधि भएको बताए ।
 
डा. केसीका समर्थक र प्रहरीविच झडप भएको थियो। सोही झडपमा विद्यार्थीसहित दर्जन घाईते भएका थिए भने, प्रहरीसमेत घाईते भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell