PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

फकर जमन बने ओडिआईमा डबल सेन्चुरी हान्ने पहिलो पाकिस्तानी खेलाडी, पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी



पहिलोपोस्ट

फकर जमन बने ओडिआईमा डबल सेन्चुरी हान्ने पहिलो पाकिस्तानी खेलाडी, पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी

फकर जमन वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट म्याचमा डबल सेन्चुरी प्रहार गर्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन्। जिम्बावे विरुद्धको फोर्थ वान डे मा फकरले ओपनिङ गर्दे नटआउट २१० रन बनाएका हुन्। १५६ बल खेलेका उनले २४ चौका र ५ छक्का प्रहार गरे।

उनी वान डे मा डबल सेन्चुरी प्रहार गर्ने छैटौँ खेलाडी हुन् भने वान डे मा यो आठौँ डबल सेन्चुरी हो। भारतका रोहित शर्माले सर्वाधिक ३ पटक डबल सेन्चुरी प्रहार गरेका छन् भने रोहितले बनाएको २६४ रन वान डे मा एकै इनिङ्मा एक खेलाडीले बनाएको उच्च स्कोर हो।

फकरले पाकिस्तानका लागि वान डे को एकै इनिङ्समा सर्वाधिक रन बनाउने क्रममा साइद अनवरले २१ वर्षअघि बनाएको १९४ रनको कीर्तिमानलाई तोडेका हुन्।

वान डे क्रिकेट इतिहासमा पहिलो विकेटका लागि सर्वाधिक ३०४ रनको साझेदारी बनाउने क्रममा फकरले डबल सेन्चुरी हान्दा अर्का ओपनर इमाम उल हकले सेन्चुरी प्रहार गरे।

इमाम ४२औँ ओभरको अन्तिम बलमा आउट हुनुअघि यी दुईले ३०४ रनको साझेदारी गरेका हुन्। यसअघि पहिलो विकेटका लागि श्रीलंकाका सनथ जयासूर्या र उपु थराङ्गाले २००६ मा इंगल्याण्ड विरुद्ध २८६ रनको साझेदारी गरेका थिए।

वान डे क्रिकेटमा भने इमाम र फकरको यो साझेदारी चौथो ट्रिप सेन्चुरी साझेदारी हो र सर्वाधिक रन साझेदारीको पनि चौथो स्थानमा छ।

वान डे वेष्ट इन्डिजका क्रिस गेल र मार्लोन सामुएल्सले सन् २०१५ मा दोस्रो विकेटका लागि ३७२ रनको साझेदारी गरेका थिए।

जिम्बावे विरुद्ध बनाएको ३९९ रन पनि ओडिआईमा पाकिस्तानले बनाएको अहिलेसम्मको उच्च स्कोर हो। यसअघि उसले बंगलादेश विरुद्ध ३८५ रन  बनाएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell