PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

जुम्लामा सरकारी दमन, विरोधमा क्रान्तिकारी माओवादी



पहिलोपोस्ट

जुम्लामा सरकारी दमन, विरोधमा क्रान्तिकारी माओवादी

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले चिकित्सक गोविन्द केसीलाई जुम्लाबाट ल्याउने क्रममा भएको घटनाको विरोध जनाएको छ। 

क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सक केसीलाई बल प्रयोग गरी काठमाडौं ल्याएको भन्दै विरोध गरेको छ। 

‘नेपालमा शिक्षा र स्वास्थको सुधार सम्बन्धि मागलाई लिएर गत २० दिनदेखि अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि बलपूर्वक काठमाडौं ल्याउने क्रममा केपी ओली नेतृत्वको (ने क पा)को सरकारले जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा यही २०७५ साउन ३ गते अत्यधिक मात्रामा बल प्रयोग गर्दै अन्धाधुन्ध लाठी चार्ज, अश्रुग्यास प्रयोग गर्दा अस्पताल रगताम्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको राष्ट्रघाती र जनघाती कामको सर्वत्र विरोध भइरहेको बेला, संसदमा भएको कथित दुई तिहाई बहुमतको दम्भ प्रदर्शन गर्दै जथाभावी गर्दै आएको यो सरकारले जुम्लामा अस्पताल हाताभित्र जुन बर्बर दमन गरेको छ, हामी त्यसको घोर भत्सर्ना गर्दछौं।’ 

विज्ञप्तिमा सरकारले विरोधलाई दबाएर सत्तामा टिकिरहनका सामाजिक फाँसीवादी कदम चालिरहेको आरोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell