
काठमाडौँ : सरकारले अपहरण शैलीमा काठमाडौं लिएर आएको भन्दै डा. गोविन्द केसीले कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्वीकार गरेका छन्।
डा केसीको कर्णालीमा रहँदैदेखि मुटुको चालमा गम्भीर गढबढी देखिएको थियो। तर, उनको अडानकाका कारण इसिजी गरेर मुटुको अवस्था बारे जानकारी लिन नसकिएको उपचारमा संग्लग्न चिकित्सकहरूले बताएका छन्।
रगतमा घटेको पोटासियम, म्याग्नेजियम, क्याल्सियम लगायतका इलेक्ट्रोलाइट्सको अवस्थासमेत थाहा नभएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकले सामान्य रक्तचाप परीक्षण पनि गर्न पनि अस्वीकार गरेका छन्।
काठमाडौँ आएकै दिन मुटुको अवस्था बारे जाँच गरी डा.केसीलार्इ सिसियुमा लाने तयारी थियो तर जाँच गर्न नै अस्वीकार गरेका कारण केसीका शरीर भित्र के कस्ता परिवर्तन भइरहेका छन्, यसै भन्न सकिने अवस्था नरहेको चिकित्सकहरू बताउँछन् ।
उनको अवस्था निकै कमजोर रहेको उनका सहयोगी विषाद दाहालले जानकारी दिए। शुक्रवार केसीलार्इ भेट गर्न अस्पताल पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत उनी दोहोरो संवाद गर्न नसकेको दाहालले जानकारी दिए।