PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

मोरङमा दुई जनाको नागरिकता खारेज



पहिलोपोस्ट

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ।

वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन्। जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन्। सो अवधिमा दुई नागरिकता रद्द गरिएको नागरिकता शाखाका रोशन श्रेष्ठले बताए।

यसैगरी कार्यालयमा सार्वजनिक अपराध, हातहतियार एवं खरखजाना, सवारी क्षतिपूर्ति र खाद्यतर्फ न्यून गुणस्तरका गरी ५१२ मुद्दा दर्ता भएको मुद्दा शाखाले जनाएको छ। सो अवधिमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका मुद्दा २८० थान गरी कूल ७९२ नयाँ र पुरानो मुद्दा २८१ थान फैसला भइसकेको बताइएको छ।

साथै जिप्रका मोरङले गत आवमा राहदानीबाट कूल रु चार करोड ४७ लाख २२ हजार ५०० राजस्व संकलन गरेको लेखापाल होमराज बस्नेतले बताए। सो अवधिमा पुरुष सात हजार ७५३ र महिला दुई हजार ५१७ जनाले राहदानी लिए। राहदानीका लागि पुरुष एक हजार ७९० र महिला एक हजार २७५ जनालाई सिफारिस गरिएको राहदानी शाखाका कर्मचारी परशुराम दाहालले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell