PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

म्यानचेष्टर सिटी बोरुसिया डर्टमण्डसँग पराजित, मारियो गोट्जेको पेनाल्टी गोल निर्णायक



पहिलोपोस्ट

म्यानचेष्टर सिटी बोरुसिया डर्टमण्डसँग पराजित, मारियो गोट्जेको पेनाल्टी गोल निर्णायक

प्रि सिजन टुरका लागि हाल अमेरिकामा रहेको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी पहिलो खेलमा पराजित भएको छ।

यसै ट्रान्सफर विन्डोमा लेस्टर सिटीबाट क्लब भित्र्याइएका रियाद महारेजले डेब्यु गरेको खेलमा सिटी जर्मन क्लब बोरिया डर्टमण्डसँग १-० ले पराजित भयो। 

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत अमेरिकाको सिकागोमा भएको खेलमा डर्टमण्डका लागि मारियो गोट्जेले एक मात्र निर्णायक गोल गरे। उनले २८औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बनेको हो।

रसियामा सम्पन्न विश्वकपमा सहभागि भएका अधिकांश खेलाडी अनुपस्थित रहेका कारण प्रशिक्षक पेप गोर्डिओलाले महारेज, गोलकिपरहरु क्लाउडियो ब्राभो र जो हार्टसहित नयाँ खेलाडीहरुले लिएर अमेरिकी टुरमा निस्केका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell