
जानवी कपुर र इशान खट्टर अभिनित फिल्म धड्कले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। फिल्म रिलिजको पहिलो दिन ८ करोड ५० लाख कलेक्सन गरेर फिल्मले 'डेब्यु फिल्म'मा भएको आम्दानीको रेकर्ड बनाएको हो। बक्सअफिस इन्डियालाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएअनुसार यस फिल्मले यसअघि नयाँ कलाकारको डेब्यु फिल्म 'स्टुडेन्टस् अफ दी इयर'को रेकर्ड तोडेको हो। आलिया भट्ट, बरुण धवन र सिद्धार्थ मल्होत्राको डेब्यु फिल्मले यसअघि रिलिजको दिन सबैभन्दा बढी कमाएको थियो।
शशांक खइतन निर्देशित फिल्म धडकमा श्रीदेवीकी छोरी जानवीले लिड रोलमा डेब्यु गरेकी हुन्। सँगै इशानको पनि पहिलो बलिउड फिल्म हो। इशानको यसअघि माजिद माजिदीको अन्तर्राष्ट्रिय फिल्म ‘वियोन्ड दी क्लाउड्स’ आइसकेको छ।
नव कलाकारको डेब्यु फिल्ममा सबैभन्दा बढी कलेक्सनको रेकर्ड बनाएको फिल्मले स्टुडेन्ट अफ दी इयर (२०१२)लाई पछि पारेको हो। अर्जुन कपुर र परिनीति चोपडाको इसकजादेले पनि पहिलो दिन ४ करोड ४८ लाख मात्र संकलन गरेको थियो।