PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

रणभूमिमा परिणत भयो वानेश्वर, भिडन्त पछि लगातार अश्रुग्यास प्रहार



पहिलोपोस्ट

रणभूमिमा परिणत भयो वानेश्वर, भिडन्त पछि लगातार अश्रुग्यास प्रहार

काठमाडौं : डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल विद्यार्थी संघले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो। 

अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ। वानेश्वरको अवस्था तनावपूर्ण रहेको त्यहाँबाट पहिलोपोस्टका विधुर ढकाल र सागर बुढाथोकीले जानकारी गराएका छन्। 
घटनामा परी अजयबाबु सिवाकोटीसहित केही पत्रकार घाइते भएका छन्। घाइते हुनेमा तरूण दलका अध्यक्ष जीतजंग बस्नेतसमेत छन्।

आन्दोलनको अर्कोतर्फ नागरिक समाजका नेता र विभिन्न दलका नेताहरु सम्मिलित सभा कार्यक्रम केही क्षण विथोलियो।

भिडन्तमा परी केही प्रहरी पनि घाइते भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell