PahiloPost

May 15, 2026 | १ जेठ २०८३

केसीको माग पूरा नगरे देशभर आगो दन्किन्छ : पूर्व प्रधान न्यायाधीश सुशीला कार्की



पहिलोपोस्ट

केसीको माग पूरा नगरे देशभर आगो दन्किन्छ : पूर्व प्रधान न्यायाधीश सुशीला कार्की

काठमाडौं : पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्राध्यापक डाक्टर गोविन्द केसीको माग पूरा नगरे देशमा आलो बल्ने चेतावनी दिएकी छिन्।
केसीको पक्षमा सडक आन्दोलनमा उत्रिएकी पूर्व प्रधान न्यायाधीश कार्कीले सडकमा उत्रिनु वाध्यात्मक भएको बताइन्। आन्दोलनमा सम्बोधन गर्दै कार्कीले भनिन्, ‘केसीले जनताको कुरा उठाएका हुन्। उनकै चिन्ताले सडकमा आउन बाध्य बनायो।’

केसीको मुद्दालाई राजनीतिक रुपमा क्यास नगर्न समेत उनले चेतावनी दिइन्। चिकित्सा क्षेत्रका माफियाको विषय उठाउँदै उनले भनिन्, ‘सात आठ पढेकालाई के थाहा हुन्छ र? म तिनलाई माफिया पनि भन्दिन।’

उनले विल गेट्सले कमाएको रकम जनतामा पुर्या्एको र हालै सम्पन्न विश्वकपका खेलाडीले असहायमा सहयोग पुर्याएएको प्रसंग उठाउँदै उनले भनिन्, ‘माफियाले कसलाई सहयोग गरे?’

सभामा बोल्ने लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैको कडा आलोचना गरे। ‘ओली र प्रचण्ड महाराजको नाक खुइलिसक्यो,’ संग्रौलाले भने, ‘माग पूरा ग रेर केही दिन भए पनि सत्ता टिकाउ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell