
काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिँदै आन्दोलनकारीविरुद्ध प्रतिकारमा उत्रिन भने पनि नेकपाका एक युवा नेताले विद्रोह गरेका छन्।
नेकपाका केन्द्रीय सदस्य* गौतम राई गोविन्द केसीको पक्षमा आयोजित आन्दोलनमा सहभागीमात्र भएनन् आफ्नै अध्यक्षद्वयको कडा निन्दामा उत्रिए।
‘दश वर्ष जनयुद्ध गर्ने प्रचण्ड कम्रेड, १५ वर्ष जेल बसेका ओली कमरेड, त्यो हिजोको दुखान्त नाटक थियो, जनताको पक्षमा थिएन,’ सभालाई सम्बोधन गर्दै राईले भने, ‘यो (आन्दोलन) चाहिँ यथार्थ धरातल हो।’
उनले गोविन्द केसीले उठाएका माग जनताको जन्मशिद्ध अधिकारको माग भएको दावी गर्दै पार्टीभित्र पनि यस विषयलाई लिएर संघर्ष गर्ने बताए।
*(कार्यक्रममा केन्द्रीय सदस्य भन्दै उद्घोषण गरिए पनि उनी केन्द्रीय सदस्य नरहेको पाइएकाले सच्याइएको छ। -सम्पादक)