PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

दक्षिण एसियाली खेलकुदमा क्रिकेट* पनि हुने, पहिलो पटक प्याराग्लाइडिङ समावेश



पहिलोपोस्ट

दक्षिण एसियाली खेलकुदमा क्रिकेट* पनि हुने, पहिलो पटक प्याराग्लाइडिङ समावेश

काठमाडौं : नेपालमा आगामी फागुन (सन् २०१९ मार्च)मा हुने १३औँ दक्षिण एसियाली खेलकुदमा क्रिकेट र प्याराग्लाइडिङ थपिने भएको छ।

शनिवार काठमाडौँमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएनओसी)को कार्यसमिति बैठकबाट उक्त निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।

दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ समावेश भएको यो पहिलो पटक हो। यस्तै क्रिकेट भने दोस्रो पटक समावेश भएको हो। यसअघि सन् २०१० मा बंगलादेशमा भएको ११औँ सागमा पनि क्रिकेट भएको थियो।

योजकको हैसियतमा नेपालले यसअघि नै कराते र गल्फलाई समावेश गर्ने निर्णय भइसकेको छ। 

दुई नयाँ खेल थपिएपछि अब १३औँ दक्षिण एसियाली खेलकुदमा कूल २७ खेल आयोजना हुने टुङ्गो लागेको छ।

त्यसका लागि नेपालले दशरथ रंगशाला, ललितपुरको सातदोबाटो, पोखरा रंगशाला लगायत भौतिक पूर्वाधारको पुनर्निर्माण कार्य गरिरहेको छ।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले भौतिक पूर्वाधारका कारण नेपालमा हुने दक्षिण एसियाली खेलकुद कुनै पनि हालतमा नरोकिने बताइसकेका छन्।

*यसअघि क्रिकेट पहिलो पटक समावेश भन्ने भएकोमा सच्याइएको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell