PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

पारसको १६१ रन, ह्याम्पसायरलाई नेपालले दियो ३६३ रनको लक्ष्य



पहिलोपोस्ट

पारसको १६१ रन, ह्याम्पसायरलाई नेपालले दियो ३६३ रनको लक्ष्य
फोटो : रमन शिवाकोटी

काठमाडौं : युके टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ।

युकेको ह्याम्पसायर हग्स क्रिकेट क्लब विरुद्ध शनिवार पहिलो अभ्यास खेल खेलिरहेको नेपालले पहिले ब्याटिङ गर्दै कप्तान पारसको शानदार शतक मद्दतमा ३६२ रन बनाएको छ। नेपाली इनिङ्समा पारस एक्लैले १६१ रन बनाए। पारसले तेस्रो नम्वरमा ब्याटिङ गर्दै शतक बनाएपछि नेपालले उच्च स्कोर बनाएको हो।

ओपनर द्वय ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल आउट भएपछि पारसले दीपेन्द्र सिंह ऐरीसँग मिलेर इनिङ्स सम्हालेका थिए। १०६ बल खेलेका पारसले १९ चौका र ७ छक्का प्रहार गरे।

यस्तै रोहित कुमार पौडेलले ४४ र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडे। यसबाहेक करण केसीले १८, सन्दीप लामिछाने र ललित भण्डारीले समान १६, शरद भेषावकरले १४ तथा सुवास खकुरेलले ११ रन जोडे। मल्ल ५ रन बनाएर आउट भए। एचएचसीसीका लागि मिल्स कभर्स र जोनले ३-३ तथा जेम्स ग्रीनले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell