PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ताः चिकित्सा शिक्षा अध्यादेश नै विधेयकका रुपमा ल्याउन सुझाव



पहिलोपोस्ट

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ताः चिकित्सा शिक्षा अध्यादेश नै विधेयकका रुपमा ल्याउन सुझाव

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन्।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ।

भेटमा सभापति देउवाले शनिबार नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएको विज्ञप्तिमा उल्लेख छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell