PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

पाल्पामा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

पाल्पाः पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन्। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापाको घाइते भएका छन् र मोटरसाइकल पछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो।

मोटरसाइकल चालक २७ वर्षीय विनोद थापाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको प्रभाष प्रहरी चौकीले जनाएको छ। दुबै सवारीसाधन तथा जीप चालक प्रहरीको नियन्त्रणमा रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell