PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमकः मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ।

गौरादह–गौरीगञ्ज सडकखण्ड अन्तर्गतको गौरादह -३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो। न्यौपाने गौरादहका युवा व्यवसायी हुन्।

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८:३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell