PahiloPost

May 15, 2026 | १ जेठ २०८३

इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजी विरुद्ध वायर्नको पुनरागमन जित



पहिलोपोस्ट

इन्टरनेशनल च्याम्पियन्स कप : पिएसजी विरुद्ध वायर्नको पुनरागमन जित
फोटो : fcbayernen/twitter

प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भइरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा वायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ।

एक गोलले पछि परेको अवस्था जर्मन क्लब वायर्नले पुनरागमन गर्दै फ्रेन्च क्लब पिएसजीलाई ३-१ ले पराजित गरेको हो।

क्लागेनफर्टस्थित वर्थेरसी स्टेडियममा भएको खेलमा टिमोथी वेहले ३१औँ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा एक गोलले पछि परेको वायर्नले दोस्रो हाफमा पुनरागमन गर्दै ३ गोल गर्‍यो।

वायर्नका लागि जाभी मार्टिनेजेल ६०औँ, रेनाटो सान्चेजले ६८औँ र जोसुअ जिर्कजीले ७८औँ मिनेटमा गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell