
काठमाडौं : प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्ने तयारीमा रहेका भारतीय कलाकार र लगानीकर्तासँग भेटेका छन्।
एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा कलाकार जयाप्रदालाई प्रधानमन्त्रीले धन्यवाद पनि दिएका छन्।
उनीहरु फिल्म सिटी निर्माणका लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएका थिए। सुवासले फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए। उनले नोभेम्वर–डिसेम्वरमा जीसिने अवार्ड समारोहको आयोजना काठमाण्डौंमै गर्ने पनि बताए। अवार्डमा नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणा गरेका छन्।
भेटघाटमा वरिष्ठ कलाकार नीर शाहले नेपाली फिल्म भारतमा प्रदर्शन हुन नसकिरहेको बताए।