काठमाडौं : भदौ १ बाट प्रदर्शनमा आउने फिल्म 'ब्ल्याक'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गायक सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा फिल्मको 'तिम्रो लागी' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
गीतको भिडियोमा मुख्य कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचर्ड छन्।
गीतमा महेश खड्काको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। लभस्टोरी जनराको फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्।फिल्ममा आकाश र आँचलसँगै आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको अभिनय रहेको छ।