PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

यस्तो बनेर आयो 'मिस्टर भर्जिन'को गीत



पहिलोपोस्ट

यस्तो बनेर आयो 'मिस्टर भर्जिन'को गीत

काठमाडौं : फिल्म 'मिस्टर भर्जिन'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। यूट्युब मार्फत फिल्मको 'पैसा फेक तमाशा देख' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले प्रदर्शन मिति निजिकिंदै जाँदा गीत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङसँगै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बराल फिचर्ड छन्। गीतमा शशि रावल र राजेन्द्र भट्ट मिस्टर आर. जे.को आवाज रहेको छ।

गीतमा दिपक याम सिंहको कोरियोग्राफी रहेको छ। विशारद बस्नेत निर्देशित फिल्म आगामी  भदौ १ गते प्रर्दशनमा आउनेछ। फिल्ममा गौरव विजय कमलमणिसँगै मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय रहेको छ। फिल्ममा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राफी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell