काठमाडौं : फिल्म 'मेरी मामु'को छायाँकन सकिएको छ। ३५ औं दिनमा फिल्मको छायाँकन सकिएको हो।
निर्माण टिम फिल्मको पोस्ट प्रोडक्सनमा तातिएका छन्। फिल्मको प्रदर्शन भदौ १५ को टार्गेट रहेकोले टिम छायांकन लगतै पोस्ट प्रोडक्सन र प्रचारमा जोसिएका हुन्।
फिल्ममा फिल्मका निर्माता सन्तोष सेनका छोरा वर्षीया आयुव सेनको मुख्य अभिनय रहेको छ। काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटमा फिल्मको छायांकन गरेको छ। यम थापा निर्देशित फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ।
फिल्ममा अश्लेशा ठकुरी, शारुक ताम्राकार, कुसुम गुरुङको अभिनय रहेको छ। आशुसेन फिल्म् ब्यानरमा बनेको फिल्मको कथा बाल मनोविज्ञान र आमा-छोरा बीचको सम्बन्धमा आधारित छ।