PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

'जी सिने अवार्ड २०१८' नेपालमा हुने



पहिलोपोस्ट

'जी सिने अवार्ड २०१८' नेपालमा हुने

भारतीय टेलिभिजन जिटिभीले हरेक वर्ष गर्दै आएको अवार्ड- 'जी सिने अवार्ड' यस वर्ष नेपालमा आयोजना गर्ने भएको छ।

जी टेलिभिजन प्रतिनिधि र प्रधानमन्त्री केपी ओलीको शनिबार प्रम निवास बालुवाटारमा भेट वार्ता भएको थियो। वार्ता टोलीमा जिटिभीका एम.पी सुभाष चन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी चेयरम्यान तथा जी टिभी नेटवर्ककी संस्थापक एक्स एम.पीर तथा नायिका जया प्रदा आदि थिए।

आउँदो नोभेम्बर, डिसेम्बरमा जी सिने अवार्ड समारोहको आयोजना हुने बताइएको छ। काठमाडौंमा हुने कार्यक्रममा नेपाली फिल्म क्षेत्रका लागि पनि एक अवार्ड राखिनेछ।  सिने अवार्ड समारोहकै अघिपछिको मिति पारेर काठमाडौंमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणासमेत गरे।

भेटअघि भारतीय समुह फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो। अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए।

जी टिभीको टोलीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्तामा नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै वरिष्ठ कलाकारहरू निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, प्रदेश सभा सदस्य तथा गायिका कोमल वली, गीतकार सम्भुजित बाँस्कोटा, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डि सिलगायतको उपस्थिति थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell