.jpg)
काठमाडौं : यही वर्ष फागुन (२०१९ मार्च) मा नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा २७ खेल समावेश हुने भएको छ। २७ खेलको गरी कूल ३१५ इभेन्टमा प्रतिस्पर्धा हुने आइतवार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए।
शनिवार काठमाडौँमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र पाराग्लाइडिङलाई पनि थप्ने सर्वसम्मत निर्णय गरेपछि सागमा कूल २७ खेल समावेश हुने भएको हो।
'यसमा केही नयाँ खेल पनि छन् भने केही नन ओलम्पिक खेल छन्। पाराग्लाइडिङ पहिलो पटक सागमा समावेश भएको हो।' संघिय संसाद समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले भने।
शनिवारको बैठकबाट क्रिकेट र पाराग्लाइडिङलाई थप्ने निर्णयसँगै कुन खेलमा कति इभेन्ट राख्ने समेत सर्वसम्मत निर्णय भएको श्रेष्ठले जानकारी दिए।
सागमा क्रिकेट भने दोस्रो पटक समावेश भएइको हो। यसअघि बंगलादेशमा २०१० मा भएको ११औँ संस्करणमा यू-२१ टिमको टी-२० प्रतिस्पर्धा भएको थियो।
यसअघि नै नेपालले आयोजकको हैतिसयतमा कराते र गल्फ दुई खेल थप्ने निर्णय पारित भइसकेको थियो। त्यसबाहेक २३ खेलभ ने साग को नियमअनुसार नै मावेश भएका हुन्।
१३औँ साग मा सबैभन्दा धेरै पौडीको ४१ इभेन्ट समावेश छन् जसमा महिला र पुरुषतर्फ २०-२० तथा एक मिक्स इभेन्ट समावेश छन्।
यस्तै थप गरिएको क्रिकेटमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुने श्रेष्ठले जानकारी दिए।
पुरुषतर्फ यू-२३ टिम हुनेछन् जसमा ३ खेलाडी २३ वर्षमाथिका हुनेछन्।
पौडीपछि एथ्लेटिक्सको ३८, तेक्वान्दोमा २१ तथा भारोत्तोलन र कुस्तीको २०-२० इभेन्ट समावेश छन्।
क्रिकेटसँगै, फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी र खो खो मा महिला र पुरुष टीम गरी २-२ इभेन्ट समावेश छन्।
हामी पोजिटिभ हुनुपर्छ : श्रेष्ठ
दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले सन् २०१९ मार्चमा साग हुनेमा पोजिटिभ हुनुपर्ने बताए। यदी तोकिएको समयमा भ
एन भने के हुन्छ अन्य स्थानमा सर्छ? भन्ने प्रश्नमा श्रेष्ठले भने, 'सकरात्मक सोचौँ, हुन्छ भन्ने हिसाबले तै तयारी अगाडी बढिरहेको छ। सरकार पनि यसमा गम्भिर छ र सागको लागि केन्द्रित छ भन्ने हामीले बुझेका छौँ।'
यस्तै श्रेष्ठले साग का लागि काठमाडौं र पोखरामा भौतिक पूर्वाधारको पूनर्निर्माण. मर्मत सम्भार र नयाँ बनाउने कार्य भइराखेको बताउँदै पूर्वाधा साग का लागि कुनै हिसाबमा बाधक नहुने प्रष्ट पारे।
शनिवारको बैठकमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विधान संशोधनका विषयमा समेत छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
सन् १९८४ मा नेपालबाट सुरु भएको सागको विधान पुरानै कायम रहेकोले त्यसमा आधुनिक नियमअनुसार केही हेरफेर गर्नुरप्ने भएकाले विधान संसोधन गर्न लागिएको उनले बताए। 'त्यसका लागि आगामी अगस्ट १० सम्म सुझावहरु उपलब्ध गराउन भनिएको छ र अगष्ट १९ मा इन्डोनेसियाको जाकार्ता हुने काउन्सिलको पाँचौ बैठकबाट विधान संसोधनबारे निर्णय हुन्छ।' श्रेष्ठले भने।
*यसअघि इभेन्ट ३१३ भएकोमा सच्याइएको।