काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल भोली देखि हुने भएको छ।
सोमवारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुने प्रतियोगितामा तीन विभागीय टोली र दुई जिल्ला फुटबल संघको टिमले प्रतिस्पर्धा गर्ने एन्फान महासचिव इन्द्रमान तुलाधरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
लिगमा पुलिस, आर्मी, एपीएफ, काठमाडौं जिल्ला फुटबल एसिसएसन र रौताहट जिल्ला फुटबल एसोसिएसनको टिमले प्रतिस्पर्धा गर्नेछन्।
साउन १५ गतेसम्म चल्ले प्रतियोगितामा कूल १० लिग खेल हुनेछ। एक दिनमा दुई खेल हुने एन्फाले जनाएको छ।
लिगको विजेताले नगद २ लाख र ट्रफी पुरस्कार हात पार्नेछ भने उपविजेताले १ लाख तथा तेस्रो हुनेले ५० हजार पाउनेछन्। यसेंगरी लिगको मोस्ट भ्यालुएबल प्लेअरले नगद २५ हजार तथा विधागत उत्कृष्टले १०-१० हजार प्राप्त गर्नेछन्।
लिगको सम्पूर्ण तयारी पूरा भएको समेत एन्फाले जनाएको छ।