PahiloPost

May 15, 2026 | १ जेठ २०८३

इन्टरनेशनल च्याम्पियन्स कप : लिभरपुल विरुद्ध डर्टमण्डको पुनरागमन जित



पहिलोपोस्ट

इन्टरनेशनल च्याम्पियन्स कप : लिभरपुल विरुद्ध डर्टमण्डको पुनरागमन जित

प्रि सिजन टुर अन्तर्गत अमेरिकामा भएरहेको इन्टरनेशनल च्याम्पियन्स कपमा जर्मन क्लब बोरुसिया डर्टमण्डले दोस्रो जित हासिल गरेको छ। यसअघि पनि इंग्ल्स क्लबलाई हराएको डर्टमण्डले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको हो।

एक गोलल पछि परेको स्थिती उल्टाउँदै डर्टमण्डले लिभरपुललाई ३-१ ले पराजित गरेको हो। डर्टमण्डका लिग दोस्रो हाफमा क्रिस्टियन पुलिसिकले २ तथा ज्याकोव लार्सनले १ गोल गरे।

त्यसअघि भान जिकले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा अग्रता दिलाएका थिए। डर्टमण्डले पहिलो खेलमा म्यानचेष्टर सिटीलाई पराजित गरेको थियो।

यस्तै अमेरिकी टुरमै रहेको अर्को इंग्लिस क्लब म्यानचेष्टर मैत्रीपूर्ण खेलमा युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेडले सान जोस अर्थक्वेकसँग गोलरहित बराबरी खेलेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell