PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मेसुट ओजिलले गरे सन्यास घोषणा



पहिलोपोस्ट

मेसुट ओजिलले गरे सन्यास घोषणा

जर्मन खेलाडी मेसुट ओनिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। रसिया विश्वकपअघि टर्कीस राष्ट्रपति एन्डोगानसँग फोटो खिचाएका कारण विवादित बनेका ओजिलले त्यसपछि आफूलाई पोलिटिकल प्रोपोगान्डा बनाएको र जर्मन फुटबल संघले आफूला गलत व्यवहार गरेको जनाएका छन्।

२९ वर्षीय मिडफिल्डरले चार पेज लामो स्टेटमेन्ट सार्वजनिक गर्दै यसअघि गौरवका साथ जर्मनीको लागि खेलेको र अब त्यो समय नरहेको समेत बताएका छन्। साविक विजेता जर्मनी रसिया विश्वकपको समूह चरणबाट बाहिरिएपछि ओजिलको ठूलो आलोचना समेत भएको थियो।

गत मे मा ओजिलसँगै एकाए गुन्डागोनले टर्किस राष्ट्रपतिसँग फोटो खिचाएका थिए।

सन् २०१०४ को विश्वविजेता जर्मन टोलीको सदस्य रहेका ओजिलले जर्मनीका लागि ९२ खेल खेल्दै २३ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell