PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

१८ वर्षीया सुनकेसियाको हत्या उनकै प्रेमीबाट



राधेश्याम पटेल

१८ वर्षीया सुनकेसियाको हत्या उनकै प्रेमीबाट

वीरगंज : पर्सामा एक किशोरीको हत्या उनकै प्रेमीले निर्मम तरिकाले गरेको रहस्य खुलेको छ।

दोश्रो पटक यौन सम्पर्क गर्न नमान्दा प्रेमीले प्रेमिकाको हत्या गरेको घटना बारे पर्सा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी
जानकारी गराएको छ ।

बिहारको बगाहा स्थायी घर भई हाल पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा बस्दै आएका नर्सिङ चौधरीकी भतिजी १८ वर्षकी ‘सुनकेसिया’ भनिने वनिता कुमारी चौधरीको हत्या उनकै प्रेमी जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ कै १९ वर्षीय प्रमेन्द्र चौधरीले गरेको प्रहरीले जनाएको छ।

गत असार २८ गते देखि घरबाट हराएकी वनिताको शव , जगरनाथपुर गाँउपालिका ४ सुहपुर स्थित गंगोली भन्ने भलुवाही खोलाको छेउमा गत असार ३१ गते भेटिएको थियो। प्रहरीका अनुसार, सु्नकेशिया र प्रमेन्द्र बीच विगत तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। असार २८ गते दिउसो १ बजे तिर प्रमेन्द्रले वनितालाइ भलुवाही खोलाको खरबारीमा भेट्न बोलाएका थिए।

खरबारीमा प्रमेन्द्रलाइ भेट्न पुगेकी वनिता र प्रमेन्द्र बीच पहिलो पटक यौन सम्पर्क भएपछि प्रमेन्द्रले फेरि दोश्रो पटक यौन सम्बन्ध राख्न खोज्दा वनिताले नमानेपछि  प्रमेन्द्रले वनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए।

हत्या पछि प्रमेन्द्रले वनितको शव घिसारेर खोलाको किनारमा लगि खाल्डो खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

प्रमेन्द्रलाइ प्रहरीले पक्राउ गरेको छ। आफनै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रमेन्द्रलाइ शनिबार पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकालले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell