PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बैंकिङ कसुरमा दोषी ठहर भएका मल्ल जेल चलान



पहिलोपोस्ट

बैंकिङ कसुरमा दोषी ठहर भएका मल्ल जेल चलान

काठमाडौँः नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाइएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आइतबार सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो।

मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेको ब्यूरोले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell