PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

चितवनमा दुई रात्रिबस एकापसमा ठोक्किँदा २३ जना घाइते



पहिलोपोस्ट

चितवनमा दुई रात्रिबस एकापसमा ठोक्किँदा २३ जना घाइते

चितवनः भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन्।

काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्यको अवस्था सामान्य रहेको छ। घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell