PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

करेन्ट लागेर पर्सामा एकको मृत्यु   



पहिलोपोस्ट

करेन्ट लागेर पर्सामा एकको मृत्यु   
प्रतीकात्मक तस्विर

वीरगंजः पर्साको पर्सागढी नगरपालिकामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा बडनिहार बजार निवासी ३२ वार्षीय जुमादिन अन्सारी रहेको छन्। अन्सारीलाई  गएराति खाना खाएर आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेको अस्थायी प्रहरी पोस्ट बडनिहारले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell