PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

जुम्ला घटनाः डिआइजीको नेतृत्वमा छानबिन समिति गठन



पहिलोपोस्ट

जुम्ला घटनाः डिआइजीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ: गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश प्रहरीले छानबिन टोली गठन गरेको छ।

डिआइजीको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन गरिएको हो। टोलीमा डिआइजी सुरेशविक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चुडामणि बढाथोकी रहेका छन्।

डिआइजीसहितको टोली जुम्ला पुगिसकेको छ। घटनाको सत्यत्थ बाहिर ल्याउन समितिले छानबिन सुरु गरेको डिआइजी शाहले बताए।

उनले पहिलोपोस्टसँग भने, 'यो प्रदेश अन्तर्गतको छानबिन समिति हो। बिहीबार के भएको थियो? प्रहरीको गल्ती थियो थिएन? गोली चलेको भए कसले र किन चलायो भन्ने अनुसन्धान हुन्छ।'

अनशनरत केसीलाई काठमाडौँ ल्याउने तयारी भएपछि प्रहरी र केसी समर्थकबीच झडप भएको थियो। झडपको क्रमममा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका छन्।

केसी समर्थकले अस्पताल हातमा गोली चलेको दाबी गरिरहँदा सरकारले भने गोली नचलेको भन्दै बचाउन गरिरहेको छ। डिआइजी शाह यस विषयमा छानबिन हुने दाबी गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell