PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उपत्यकामा ने क पाका प्रदेश समन्वय कमिटी, ७ प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा बेग्लाबेग्लै सम्पर्क मञ्च  



विधुर ढकाल

उपत्यकामा ने क पाका प्रदेश समन्वय कमिटी, ७ प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा बेग्लाबेग्लै सम्पर्क मञ्च  

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले काठमाडौं उपत्यकामा प्रदेश स्तरीय उपत्यका सम्पर्क समन्वय कमिटीको गठन गर्ने भएको छ। विभिन्न प्रदेशबाट काठमाडौं उपत्यकामा आइ बसोवास गरेका आफ्ना संगठित सदस्यहरुलाई समेटेर प्रदेश स्तरको सम्पर्क समन्वय कमिटी गठन गर्ने भएको हो।

नेकपाको आइतावार प्रकाशन भएको पार्टीको विधानको धारा २८ ले सम्पर्क समन्वय कमिटी गठन गर्ने उल्लेख छ। यसरी गठन हुने समन्वय समितिको संयोजक र सचिव भने पार्टीको केन्द्रीय कमिटीबाट मनोनित हुने छन्। जसमध्ये सम्पर्क समन्वय कमिटी अन्तर्गत कार्यक्षेत्र भएका सदस्यहरु समन्वय समितिमा रहने छन्। त्यस्तै सातै प्रदेशका सम्पर्क कमिटीका अध्यक्ष र सचिवहरु समन्वय कमिटीमा रहने छन्। 

पार्टीको विधानमा समन्वय कमिटीमा कमिटी अन्तर्गतका राष्ट्रिय परिषद्का सदस्यहरु समेत रहने उल्लेख छ। त्यस्तै समन्वय कमिटीमा बढीमा ५० प्रतिशत केन्द्रीय कमिटीबाट मनोनीत गर्ने व्यवस्था पार्टीको विधानमा उल्लेख छ। 

सम्पर्क समन्वय कमिटीको अधिकार, कर्तव्य र पदाधिकारी तथा सदस्यहरुको योग्यता प्रदेश कमिटी सरहको हुने व्यवस्था विधानले गरेको छ। 

पार्टी अन्तरिम विधान - २०७५ को धारा ७१ बमोजिम पारित भएको नियमावलीमा काठमाडौं उपत्यकामा सम्पर्क समन्वय कमिटी र प्रदेश सम्पर्क कमिटीको मातहतमा रहने गरी जिल्ला सम्पर्क मञ्च, प्रतिनिधिसभा निर्वाचन क्षेत्री सम्पर्क मञ्च समेत गठन गर्ने व्यवस्था गरिएको छ। 

पार्टी स्तरीय सम्पर्क मञ्च गठन गर्ने उल्लेख भएको नियमावलीले जनवर्गीय संगठनको सम्पर्क मञ्च गठनलाई भने रोक लगाएको छ। ‘पार्टी सम्वद्ध जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुले सम्पर्क मञ्चहरु गठन गर्ने छैनन्,’ नियमावलीमा भनिएको छ। 

यसरी गठन हुने सम्पर्क समन्वय कमिटी तथा प्रदेश सम्पर्क कमिटि अन्तर्गत कार्यरत संगठित सदस्यहरु आ–आफ्नो कार्यक्षेत्रमा शाखा वा प्रारम्भिक कमिटी वा पार्टी सेलमा संगठित हुने नियमावलीमा उल्लेख छ। 

यसरी गठन हुने समन्वय कमिटी र सम्पर्क कमिटीका साथै मञ्चहरुका सदस्यहरु आ–आफ्नो कार्यक्षेत्रमा प्रारम्भिक कमिटी र सेलका संगठित सदस्यहरु भए पनि उनीहरुले सम्बन्धित भूगोलका प्रदेश वा स्थानीय कमिटीका अधिवेशनमा प्रतिनिधि हुन वा कमिटीमा उम्मेदवार बन्न पाउने छैनन्। 

‘सम्पर्क समन्वय कमिटीको पदाधिकारी वा सदस्य हुन काठमाडौं उपत्यका बाहिरको र प्रदेश सम्पर्क कमिटी वा सम्पर्क मञ्चहरूको पदाधिकारी वा सदस्य हुन सम्बन्धित प्रदेश, जिल्ला वा निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ,’ नियमावलीमा अगाडि भनिएको छ। 

पार्टीको नियमावलीमा उल्लेख भएको सम्पर्क मञ्चको गठनका लागि ने क पाले ‘सम्पर्क मञ्च सञ्चालन निर्देशिका’ बनाउने छ। सोही निर्देशिकाले मञ्चको अधिकार, कर्तव्य र सञ्चालन विधि समेत तय गर्ने छ। 

आठ केन्द्रीय निकाय बन्ने

ने क पाले पार्टीको केन्द्रमा ८ वटा केन्द्रीय निकाय बनाउने भएको छ। पार्टीको विधानको अध्याय ३ को धारा १६ मा केन्द्रीय निकायहरुको व्यवस्था गरिएको छ।
 
केन्द्रीय निकायहरु मध्ये सबैभन्दा माथि एकताको महाधिवेशनलाई राखिएको छ। त्यसपछि केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयो र केन्द्रीय निर्वाचन आयोग रहने छन्। 

यसपछिको वरियतामा राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र ८ औँ बरियतामा केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्चलाई राखिएको छ।

पार्टीको केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुने विधानमा उल्लेख छ। ‘कताको राष्ट्रिय महाधिवेशनसम्मका लागि केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालय गठन हुने विधानमा उल्लेख छ। 

यसरी चयन हुने केन्द्रीय कमिटीमा दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय कमिटी हुने छ। ‘स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिट्ब्युरो, केन्द्रीय सचिवालयसहित बढीमा ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीका पदाधिकारी र तीन सदस्यसहित नौ सदस्यीय केन्द्रीय सचिवालय रहने छन्,’ विधानमा उल्लेख छ।

पार्टीको विधान अनुसार केन्द्रीय सचिवालय, पादाधिकारी, स्थायी कमिटी गठन भए पनि पोलिटव्यूरो कमिटीको भने टुंगो लागिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell