PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

गोविन्द केसीको पुच्छर समातेर हिड्ने कांग्रेस अब सिद्धियो : प्रचण्ड



विधुर ढकाल

गोविन्द केसीको पुच्छर समातेर हिड्ने कांग्रेस अब सिद्धियो : प्रचण्ड

काठमाडौं: ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा गोविन्द केसीको मुद्दामा पछि लागेर हिडेको कांग्रेसको भविष्य सकिएको बताएका छन्। कम्युनिस्ट नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस गोविन्द केसीको पुच्छर भएको आरोपसमेत लगाए।

'कांग्रेस एजेन्डाविहिन बनेको देखियो। डा गोविन्द केसीको पुच्छर समाएर हिडेको छ अहिले। त्यसैले कांग्रेस सिद्धियो,' प्रचण्डले प्रश्न गरे, 'हिजो त्यत्रो १२ बुँदे सहमति गरेको पार्टी गोविन्द केसी को पुच्छर समातेर हिड्नु पर्ने भयो?'

उनले गोविन्द केसी पटकपटक अनशन बसेकाले १५ औं अनशन कुनै नौलो नभएकोसमेत दाबी गरे। डा गोविन्द केसीसँग छिट्टै वार्ता हुने उल्लेख गर्दै प्रचण्डले सरकारले उनको ज्यान बचाउन काठमाडौं ल्याएकोसमेत स्पष्ट पारे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell