PahiloPost

May 15, 2026 | १ जेठ २०८३

'धड्क'को कमाइमा करण जौहर खुशी



पहिलोपोस्ट

'धड्क'को कमाइमा करण जौहर खुशी

शसांक खेतानको निर्देशनमा बनेको फिल्म 'धड्क' डेब्यू कलाकार जान्वी कपुर र ईशान खत्तरका लागि शुभ सावित भयो। डेब्यू कलाकारले फिल्मको यस किसिमको हाइप नै अपेक्षा गरेका हुन्छन्।

मराठी ब्लकबस्टर फिल्म शैरतको रिमेक हो 'धड्क'। डेब्यू कलाकारका लागि फिल्मको सुरवात ब्यापार नै सुखद रह्यो। करण जौहरको ब्यानर धर्म प्रोडक्सनबाट निर्मित फिल्मले पहिलो दिन ८ करोड माथिको ब्यापार गर्यो।

भारतीय मिडियाका अनुसार यसै ब्यानरमा निर्माण भएको 'स्टुडेन्ट अफ दि इयर'को ओपनिङ ब्यापारलाई 'धड्क'ले उछिनेको हो। 'स्टूडेन्ट अफ दि इयर'ले पहिलो दिन ७ करोड माथिको ब्यापार गरेको थियो। प्रदर्शनको दोश्रो दिनमा 'धड्क'ले ११ करोड कमायो। फिल्मका निर्माता करण जोहर फिल्मको कमाइमा खुशी छन्। बलिउडमा फिल्मको प्रेस सो पनि सम्पन्न भयो। सोमा उपस्थित भएका बलिउड कलाकारले पनि फिल्मलाई रुचाएका थिए।  निर्माण टिमले प्रदर्शनको तेश्रो दिन २८ करोड माथिको ब्यापार गर्ने अपेक्षा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell