
काठमाडौं : जुलाई २९ मा लर्ड्मा हुने टी-२० ट्राई सिरिज र अगस्ट पहिलो साता नेपालसँग हुने वान डे इन्टरनेशनल (ओडिआई) म्याचका लागि नेदरल्याण्ड्सले टोली घोषणा गरेको छ।
नेदरल्याण्ड्सले लर्ड्समा एमसीसी र नेपाल सम्मिलित ट्राई सिरिज र घरेलु मैदानमा हुने ओडिआई सिरिजका लागि दुई छुट्टै टोली घोषणा गरेको छ। दुवै टोलीको कप्तानी पिटर सिलरले गर्नेछन् र टोलीमा समान १३ खेलाडी छन्। तर दुवै टोलीमा केही खेलाडी भने फरक-फरक छन्।
टी-२० खेल्ने टिममा रहेका क्लाइटन फ्लोएड, टोनी स्टल र टोबिएस भिसे ओडिआई खेल्ने टिममा छैनन्। ओडिआईका लागि डान्टर ब्राक, बेन कुपर र स्टेफन माइवर्ग छन्। बाँकी १० खेलाडी भने दुवै टोलीमा उही छन्।
📢 KNCB confirm full squad for Triangular Tournament with MCC & Nepal and the ODI series againts Nepal!
— Cricket🏏Netherlands (@KNCBcricket) July 23, 2018
🏆 T20 Triangular Tournament
🗓️ Sunday 29 July 2018
🏟️ @HomeOfCricket
🎟 https://t.co/qGYs8RXtfI
🏆 ODI Series vs Nepal
🗓️ 1 & 3 August 2018
🏟️ @VRAcricket pic.twitter.com/wxJHLnEZSr