PahiloPost

May 15, 2026 | १ जेठ २०८३

धादिङमा ४.८ रेक्टरको परकम्प



पहिलोपोस्ट

धादिङमा ४.८ रेक्टरको परकम्प

काठमाडौँः धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ।

बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको   थियो। त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रेक्टरको परकम्प गएको थियो।

केन्द्रका प्रमुख अधिकारीका अनुसार भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell