PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

प्रदेश २ सरकारद्वारा ६ विधेयक दर्ताका लागि अनुमति



पहिलोपोस्ट

प्रदेश २ सरकारद्वारा ६ विधेयक दर्ताका लागि अनुमति

वीरगंजः प्रदेश नम्बर २ को सरकारले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेश सभामा मस्यौदा टेबल गर्न स्वीकृति दिएको छ। 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयकहरूलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए। 

मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश लोक सेवा आयोग गठन’ सम्बन्धी विधेयक, ‘प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धी विधेयक’, ‘गाउँसभा र नगर सभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी विधेयक’, ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश फ्रिक्वेन्सी मोडुलेशन र टेलिभिजन सञ्चालन र नियमन’ सम्बन्धी विधेयक र ‘लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक’को मस्यौदा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो। 

मन्त्रिपरिषदको सैद्धान्तिक सहमति प्रदान गरेपछि सम्बन्धित मन्त्रालयले विधेयक मस्यौदा तयार गरी प्रक्रियामा लाने बाटो खुलेको मुख्यमन्त्रीका स्वकीय सचिव यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell