PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रिय सभामा प्रतिपक्षी र सत्तापक्षबीच विवाद, संसद अवरुद्ध



पहिलोपोस्ट

राष्ट्रिय सभामा प्रतिपक्षी र सत्तापक्षबीच विवाद, संसद अवरुद्ध

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको राष्ट्रिय सभा अवरुद्ध गरेको छ। डाक्टर गोविन्द केसीको विषयमा कांग्रेसले गर्दै आएको संसद अवरुद्ध आज पनि जारी गरेको हो।

आजको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उभिएका थिए। लगत्तै सत्ता पक्षका सांसदहरुले पनि बोल्ने प्रयास गरेका थिए। कांग्रेस सांसदले अवरुद्ध गर्दागर्दै पनि राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ दलका सांसदलाई बोल्न मौका दिएका थिए।

राष्ट्रिय सभामा केही समय दुईतर्फी होहल्ला भएको थियो। सत्ता पक्षका सांसदहरुले पनि उभेर प्रतिवाद गरेका थिए।
सभाध्यक्षले बारम्बार आग्रह गरे पनि होहल्ला रोकिएन। 

‘मेरो अनुमतिले बोलौं, म समय उपलब्ध गराउने छु। मेरो अनुमतिले बोल्नुस्,’ सभाअध्यक्ष तिमल्सिनाले बारम्बार आग्रह गरे पनि कांग्रेसका सांसदहरुले सदन अवरुद्ध जारी राखेका थिए।

राष्ट्रियसभा बैठक अघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि विवाद भएको थियो। कांग्रेसले संसद अवरुद्ध गरेपछि ९ गते बुधबारका लागि राष्ट्रिय सभा स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell