PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कारागारभित्रै 'हत्या' : सिरियल किलरको नेतृत्वमा मारिए सुनुवार



सविन ढकाल

कारागारभित्रै 'हत्या' : सिरियल किलरको नेतृत्वमा मारिए सुनुवार

काठमाडौं : गत वैशाख २१ गते राति नख्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भयो। कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो।  

मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। परिसरले मात्र होइन यो मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा पुग्यो। लामो समयको अनुसन्धान पछि सुनवारको हत्या भएको व्युरोको अनुसन्धानमा खुलेको छ।

सिरियल किलर अभिषेक सिंहको नेतृत्वमा तीन जनाको समूहले सुनवारको हत्या गरेको अनुसन्धानले देखाएको हो। कैदी मनोज चौरसियाको समेत संलग्नता देखिएका छन् यसमा। व्यूरोका एसपी कृष्णहरि शर्माले सुनुवारको जेलभित्र नै हत्या भएको बताए।

सिंहले सुनवारलाई खानमा बीष मिलाएर हत्या गरिएको देखिएको हो। सिंह कर्तव्य जान मुद्दामा पाँच वर्षदेखि कैद भुक्तान गरिरहेका व्यक्ति हुन्।

मृतक सुनुवार प्रेमिकाको हत्यामा सजाय भुक्तान गरिरहेका थिए। कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell